कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सा शिक्षा विधेयकको दफावार छलफल सकियो

सुदीप कैनी

काठमाडौँ — संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथिको दफाबार छलफल सकेको छ । संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल सकिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयकको दफावार छलफल सकियो

दुई दिन लगाएर विधेयक माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गरिएको हो ।


सामुहिक र छुट्टाछुट्टै गरी २२ वटा संशोधन दर्ता भएको थियो । आइतबार प्रस्तावना र दफा १६ सम्म छलफल भएको थियो । सोमबार सबै दफाको छलफल सकिएको सिंहले बताए । ‘केहि सरोकारवाला सँग छलफल गर्न बाँकी छ, छलफलमा डाकेर प्रतिवेदन बनाउँछौं,’ उनले भने ।

उपसमितिले प्रतिवेदन बुझाएपछि समितिले विधेयक संसदमा दर्ता गर्नेछ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने गरी काम सक्ने समितिले जनाएको छ ।


प्रतिनिधि सभाको नियमावली २०७५ को नियम १८२ अनुसार समिति अन्र्तगत चिकित्सा शिक्षा विधेयक माथि दफावार छलफल गरि समितिमा प्रतिवेदन पेश गर्न उपसमिति गठन भएको हो । दफावार छलफलका क्रममा बोल्ने सांसदहरुले सरकारका डा. गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।


प्रकाशित : मंसिर १०, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?