२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सरकारले बिजनेश नदिँदा हिउँदे अधिवेशन सुरु भएन : सभामुख महरा

मकर श्रेष्ठ

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले सरकारले बिजनेश नदिएका कारण संसद्को हिउँदे अधिवेशन सुरु हुन नसकेको बताएका छन् । 

सरकारले बिजनेश नदिँदा हिउँदे अधिवेशन सुरु भएन : सभामुख महरा

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको ऐन कार्यान्वन, मापन तथा अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठीमा सभामुख महराले सरकारलाई बिजनेश उपलब्ध गराइदिन माग गरेका हुन ।

‘संविधानसँग बाँझिएका दुईसय कानुन संशोधन गर्नुपर्ने छ । अहिलेसम्म एउटा पनि दर्ता नभएको कानुन मन्त्रीमार्फत म सरकारलाई आग्रह गर्छु । कानुन संशोधन छिटो ल्याउनुहोस्,’ उनले भने ।

फागुन पहिलो साता कानुन संशोधनको लागि विधेयक ल्याएमा काम गर्न गाह्रो हुने र नियम निलम्बन गरेर विधेयक पारित गराउनु उचित नभएको उनले बताए । ‘बेलैमा विधेयक आओस् काम गर्न सकिन्छ,’ सभामुख महराले भने ।


एक दिने गोष्ठीमा अहिलेसम्म बनेका कानुन कार्यान्वयनको अवस्था र कानुन बन्नु अघि अनुसन्धान हुनुपर्ने विषयमा छलफल जारी छ ।

प्रकाशित : मंसिर ११, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?