'बेटी पढाउ, बेटी बचाउ'को अभियन्तामा रेखा थापा

अजित तिवारी

जनकपुर — प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउको’ अभियानको अभियन्तामा अभिनेत्री रेखा थापालाई चयन गरेको छ ।

'बेटी पढाउ, बेटी बचाउ'को अभियन्तामा रेखा थापा

अभिनेत्री थापाले अभियानको सुरुवात बुधबार प्रदेश २ को जिल्ला रौतहटबाट थाल्दैछिन् ।


मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री थापाले प्रदेश २ को यो अभियान रेखा फाउन्डेशन मार्फत अभियान थालिने बताइन् । मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ अभियानलाई अभिनेत्री थापाले 'प्रमोट' गर्ने बताए ।


मुख्यमन्त्री राउतले प्रदेश सरकारको महत्वपूर्ण अभियानमा अभिनेत्री थापा जोडिएकोमा खुशी व्यक्त गरे । ‘रेखाजीले समाजमा भइरहेको महिला हिंसा, बालविवाह र भेदभाव अन्त्यका लागि अभियान थाल्नुहुनेछ,’ मुख्यमन्त्री राउतले भने,‘छोरा भए हर्षित हुने, छोरी जन्माउनै नचाहने समाजलाई रुपान्तरण गर्न उहाँले भूमिका निर्वाह गर्नुहुनेछ ।’


अभियान अन्तर्गत अभिनेत्री थापाको फाउन्डेशनले प्रदेश २ मा चेलीबेटीको अवस्था र त्यसमा सुधार ल्याउने योजनाबारे प्रदेश सरकारलाई सहयोग गर्नेछिन् ।

प्रकाशित : मंसिर ११, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?