१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिचन्द्र कलेजमा तालाबन्दी

काठमाडौँ — शुल्क वृद्धि फिर्ता गर्न माग राख्दै आन्दोलनमा उत्रिएका त्रिचन्द्र कलेजका विद्यार्थीहरुले मंगलबार तालाबन्दी गरेका छन् ।

त्रिचन्द्र कलेजमा तालाबन्दी

मंगलबार रसायानशास्त्रमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरुले क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने र रसायनशास्त्र विभागका संयोजक विसनदत्त भट्टको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

शुल्क वृद्धिको औचित्य पुष्टि नभएको र जथाभावी शिर्षकमा शुल्क बढाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको विद्यार्थी आनन्द कार्कीले बताए ।


शुल्क वृद्धि फिर्ता लिनका लागि क्याम्पस प्रमुख न्यौपानेलाई गत बिहीबार ज्ञापन पत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएको कार्कीले बताए ।


शुल्क वृद्धि फिर्ता नलिएसम्म ताला नखोल्ने विद्यार्थीहरुले जनाएका छन् ।

प्रकाशित : मंसिर ११, २०७५ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?