कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्ग अन्र्तगत धादिङ जिल्ला थाँक्रे–६, महादेववेशीमा मोटरसाईल दुर्घटना हुंदा ५५ वर्षीय नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । 


काठमाडौबाट गजुरी तर्फ जादै गरेको मोटरसाइल बा३६प ८३५७ नम्वरको मोटरसाईकलाई धादिङवेंसीवाट काठमाण्डौ आउदै गरेको बा ३ ख ८३९५ नम्वरको यात्रुवाहक वसले ठक्कर दिदा गजुरी–५, पिडा निवासी ५५ वर्षीय नारायणकाजी भण्डारीको घटनास्थलमा नै मृत्यु भएको छ ।


मोटरसाइकलमा सवार उनकी श्रीमती ४१ वर्षीय धनकुमारी भण्डारी घाईते भएको खानीखोलाका प्रहरी निरिक्षक उद्धव पोखररेले बताए । ठक्कर दिएर भागेको घटनामा संलग्न बस तथा चालक नारायणकुमार श्रेष्ठलाई गल्छी प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : मंसिर १६, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?