कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार

पुरस्कार रकम युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा

काठमाडौँ — युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ)ले प्रधानमन्त्री केपी ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार

आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन–२०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ ।


कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे ।

प्रकाशित : मंसिर १६, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?