धादिङ ट्राफिक प्रहरी आफ्नै भवनमा 

हरिहरसिंह राठौर

गजुरी (धादिङ) — विगत २० वर्षदेखि भाडामा बस्दै आएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी आफ्नै नयाँ भवनमा सरेको छ । विसं २०५४ मा आफू कार्यरत रहँदा भाडामा लिएर बसेको सम्झदै नवनिर्मित भवन उद्घाटन गर्न आएका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ‘नेपालमा अत्यधिक दुर्घटना भैरहने यस राजमार्गमा रहेको ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाएर दुर्घटना न्युनीकरण गरिनेमा’ जोड दिए ।

धादिङ ट्राफिक प्रहरी आफ्नै भवनमा 

‘एकजना प्रहरीको गलत क्रियाकलापले पुरै संगठनकै छवी ध्वस्त हुने भएकोले नेपाल प्रहरीलाई हरेक पाईलामा चुनौती पार गर्नुपर्ने अवस्था आएको’ प्रहरी प्रमुख खनालले बताए ।


नेपालमा ८६ किमी लामो राजमार्ग क्षेत्र रहेको धादिङमा दिनहुँ जसो दुर्घटना र पटकपटक राजमार्ग अवरुद्धका घटनाहरु हुने गरेका छन् । कुनैपनि घटनाको अन्तिम विकल्प सडक बन्द गर्नु नभएकाले राजमार्ग जस्तो संवेदनशिल क्षेत्रमा अवरोध नगर्न स्थानीयहरुलाइ आग्रह समेत गरे ।


राजधानी भित्रिने देश भरकै ७० जिल्लाका दैनिक १५ हजार सवारी साधनहरु सवारी साधनहरु आवतजावत गर्ने अति व्यस्त राजमार्ग पृथ्वीराजमार्गनै हो । राजमार्गको गजरी वजारमा रहेको जिल्ला ट्राफिक कार्यालय सिमित श्रोत साधनमा हाल सम्म भाडामा वस्दै आएको थियो ।


‘जिल्लामा ३२ जना ट्राफिक दरबन्दी भएर ९ स्थानमा पोष्ट खडा गरी दैनिक क्रियाकलाप संचालन गरिरहेको’ जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर बिकले जिल्लालाई दोब्बर दरबन्दीको आवस्यकता रहेको वताए ।


विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको १ करोड ६६ लाख २१ हजार ४ सय १८ रुपैयाँको लागतमा ट्राफिक प्रहरीको भवन बनेको हो । नयाँ भवनबाट कार्यालय संचालन हुन थालेपछि सेवा प्रवाह र दुर्घटना न्यूनिकरणमा पनि थप सहजता आउने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक हेमराज घिमिरेले बताए ।


प्रकाशित : मंसिर १७, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?