कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भू-राजनीतिक सन्तुलन कायम हुन नसके संघीयता नटिक्ने: सभामुख महरा 

डिल्लीराम खतिवडा

उदयपुर — सभामुख कृष्णबहादुर महराले भू–राजनीतिक सन्तुलन कायम हुन नसकेमा मुलुकको संघीयता टिक्न नसक्ने बताएका छन् ।

भू-राजनीतिक सन्तुलन कायम हुन नसके संघीयता नटिक्ने: सभामुख महरा 

जिल्ला समन्वय समिति उदयपुरले मंगलबार आयोजना गरेको संविधान र संघीयता कार्यान्वयन र अन्तर संवाद कार्यक्रममा बोल्दै सभामुख महराले दुई विशाल मुलुककोबीचमा रहेको नेपालले दुवै छिमेकीसँग सन्तुलन कायम राखेर अघि बढ्नुपर्ने बताए ।

‘ हामीले दुवै मुलुकसँग सुमधुर सम्बन्ध राख्नुपर्छ । दुवै मुलुकबीचको सम्बन्धले संघीयता कार्यान्वयनमा ठूलो मद्धत पुग्छ ।’ उनले भने ।


ती देशहरुसँग सन्तुलन राख्न नसके संघीयता कार्यान्वयनमा कठिनाई हुने सभामुख महराले बताए । अहिले संघीयता असफल बनाउन केही तत्व लागि परिरहेकोले बाह्य शक्तिको चलखेल हुन नदिन निकै सचेत रहनुपर्ने उनले बताए ।


मुलुककै पिच्छे आ–आफनो मोडेलमा आधारित संघीयता रहे पनि नेपालले आफ्नै मौलिकता आधारित नभएमा संघीयता कार्यान्वयनमा जटिलता आउन सक्ने उनले बताए । जनतामा आधारित नभएकै कारण विगतका शासन व्यवस्था टिक्न नसकेकाले अहिलेको शासन व्यवस्था जनता आधारित हुनुपर्ने उनले बताए ।


सभामुख महराले संघीयता पहिचान र स्थानीय जनताको अधिकारमा आधारित भएर चल्नु पर्ने बताए । वर्तमान संघीयता कुनैपनि हालतमा खारेज हुन नसक्ने बरु परिमार्जित हुँदै जाने उनले बताए ।

सभामुख महराले निर्यात भन्दा आयात बढी भएकै कारण मुलुकले आर्थिक वृद्धि दर हासिल गर्न नसकेकोले देश सम्वृद्धितर्फ जान नसकेको बताए ।

प्रकाशित : मंसिर १८, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?