कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति छैन : दाहाल

कपिलवस्तु — पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति जनाइरहन नपर्ने बताएका छन् । 

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति छैन : दाहाल

कपिलवस्तुमा मंगलबार १०औं कपिलवस्तु महोत्सव उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष दाहाले हाम्रो इतिहास जोडिएकोले प्रदेशको नाम लुम्बिनी राख्दा फरक नपर्ने विचार राखेका हुन् । उनले रुपन्देही, कपिलवस्तु र नवलपरासी एउटै सहर हुने भएपछि राजधानी पनि तिलौराकोट राखिएमा आपत्ति गर्नुपर्ने कुरा नरहेको बताए । तर, प्रदेश नाम लुम्बिनी र राजधानी तिलौराकोट राखिहाल्नुपर्छ भन्ने आफूले वाचा गर्न नसक्ने दाहालको भनाइ थियो ।


'साँच्चै लुम्बिनी नाम राख्दा के चाहिँ फरक पर्छ त ?, हामीले गण्डकी, कर्णाली राख्यौं भने लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ' दाहालले तर्क गर्दै भने, 'यसमा आदिवासी जनजाति पनि जोडिएको भन्ने छ । सबैलाई समेट्ने नाम छ भने लुम्बिनी नाममा हामीले आपत्ति गर्नुपर्ने केही पनि छैन ।' उनले कपिलवस्तुलगायतका जनताको भावनालाई आफूले सम्मान गर्ने भन्दै प्रदेश ५ को नाम र राजधानीका विषयमा पार्टी नेतृत्व र सरकारसँग छलफल गर्ने आश्वासन दिए । उनले भने, 'लुम्बिनी र तिलौराकोटको ऐतिहासिकताबारे तपाईहरुका भावना समेटेर पार्टी र सरकारमा तर्कहरु राख्नेछु ।'


आफू बृहत् लुम्बिनी विकास परियोजनाको अध्यक्षसमेत रहेको भन्दै दाहालले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई विश्व शान्ति नगरी बनाउनुपर्ने पनि बताए । ती तीन जिल्लालाई समेटेर विश्वशान्तिको सहर भनेर बनाउँदा कुनै साम्प्रदायिक तत्वहरुको सहर नहुने भन्दै उलेन शान्तिको उत्प्रेरणा लिन संसारभरिबाटै एकपटक आउनै पर्ने सहर हुने दाबी गरे ।


विभिन्न धर्मसम्प्रदायका आ-आफ्नै केन्द्रहरु रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले लुम्बिनी गौतम बुद्धका जन्मस्थल हिन्दु, क्रिस्चियन, बुद्धिस्ट, मुस्लिम सबै धर्मावलम्बीको साझा स्थल भएको बताए ।

प्रकाशित : मंसिर १८, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?