प्रधानमन्त्रीको पुरस्कारबाट कोष खडा गर्ने निर्णय

काठमाडौँ — सरकारले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त एक लाख अमेरिकी डलर राशिको पुरस्कारमा त्यति नै रकम थपेर कोष खडा गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रस्तावमा युवा तथा बालबालिकाको हितका लागि काम गर्ने कोष खडा गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।

प्रधानमन्त्रीको पुरस्कारबाट कोष खडा गर्ने निर्णय

‘कोषमा प्रधानमन्त्रीले पाएको एक लाख डलर पुरस्कार रकम राखिनेछ । सरकारले एक लाख डलरबराबर रकम थप गर्नेछ, कोषको सञ्चालन सरकारले नै गर्नेछ,’ स्रोतले भन्यो । इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक समिटको समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिएको थियो ।


कार्यक्रममै प्रधानमन्त्री ओलीले पुरस्कार रकम युवा तथा बालबालिकाका लागि काम गर्ने कोष खडा गरी जम्मा गर्ने बताएका थिए ।


प्रकाशित : मंसिर १८, २०७५ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?