कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मितेरी पुलको पुनर्निर्माण सुरु

अनिश तिवारी

सिन्धुपाल्चोक — चीन जोड्ने मितेरी पुलको मंगलबारदेखि पुनर्निर्माण कार्य सुरु गरिएको छ । चिनियाँ सरकारी कम्पनी ‘टीआईएन एसचयून आरओएडी एन्ड ब्रिज कम्पनी’ ले मितेरी पुलको पुनर्निर्माण थालेको हो । भूकम्प, भोटेकोसी बाढी, बर्खाको सुक्खा पहिरोले क्षतिग्रस्त मितेरी पुल जीर्ण भएपछि माथिल्लो भागमा बेलिब्रिज राखिएको थियो ।

मितेरी पुलको पुनर्निर्माण सुरु

‘बाढीले ध्वस्त भएको मितेरी पुलको तल्लो संरचनाको ‘साइड स्ट्रक्चर’ को काम गरिरहेका छौं,’ चिनियाँ ब्रिज कम्पनीका ठेकेदार ‘पुबु क्वी जी’ को भनाइ उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले भनिन् ।

उनले आउँदो ‘मे’ महिनामा यहाँको भौतिक संरचनाको काम सकिसक्ने कार्ययोजना लिएर ठेकेदार कम्पनी अगाडि बढेको सुनाइन् । भूकम्पपछि बन्द भएको व्यापारिक नाका तातोपानी क्षेत्रको भौतिक संरचनाको काम धमामध हुन थालको छ । चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सीमा जोड्ने जीर्ण सडकको धमाधम मर्मतसम्भार गरिरहेको छ । ‘सुक्खा बन्दरगाह र सडक, पुलको कामलाई एकैसाथ अगाडि बढाइनुले नाका खुल्ने ‘ग्रिन सिग्नल’ दिएको देखिन्छ,’ उनले भनिन् ।

तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एक पटक नाका खोलाइनेछ । त्यसपछि मितेरी पुलको संरचनासँगै लिपिङ बजारको भग्नावेश बनेको संरचना भत्काउँदै लगिने चीनको योजना छ । सरकारी सम्झौतानुसार अहिलेको ८ मिटर मितेरी पुललाई पछि १२ मिटरको फराकिलो बनाइने कम्पनीले कार्ययोजना बनाएको छ ।

चीनको सीमातर्फ सुरक्षार्थ खटिएका प्रहरी अधिकारीका अनुसार तातोपानी नाका खुलाउन चीन पूर्ण तयारीमा जुटेको छ । क्षतिग्रस्त चीनको मितेरी पुलदेखि खासासम्मको ७ किमि सडक पुनर्निर्माण सकिने लागेको छ । ‘नाका खोल्नको लागि भनेर ५ महिना नबित्दै यहाँको भौतिक संरचना तयार बनाइँदै छ,’ खासादेखि मितेरी पुलसम्मको निरीक्षण अनुगमन गरिरहेका चिनियाँ प्रहरी कप्तान टसीले भने ।

तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एक पटक नाका खोलाइनेछ । त्यसपछि मितेरी पुलको संरचनासँगै लिपिङ बजारको भग्नावेश बनेको संरचना भत्काउदै लगिने चीनको योजना छ । सडकलाई विशेष रूपमा निर्माण गरिरहेको चीनले अन्य महत्त्वपूर्ण भौतिक संरचना बलियो बनाउने कार्ययोजना अघि सारेको उनले प्रस्टयाए । सुक्खा बन्दरगाहमा सिधै सामान ओराल्ने लक्ष्य राखेको चीनको केन्द्रीय सरकारले ३ महिनामै बन्दरगाह र ८ महिनामा सडकलाई सघाउन निर्देशन दिएको सीआरसीसीले जनाएको छ ।

नाका खुल्ने आश खण्डहर बनिसकेको लिपिङ बजारको सडक मर्मत कार्य हुन थालेपछि यहाँका स्थानीयमा नाका खुल्ने आशा जागेको छ । ‘सडक, बन्दरगाह बनेपछि नाका खुल्ने भन्दै स्थानीय हौसिएका छन्,’ सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले भने । सडक सञ्जाल जोडिएपछि दैनिकी सहज बनेको र सीआरसीसीलाई मदत गर्न स्थानीय जागरुक देखिएको उनले सुनाए ।

चीनतर्फका उच्च अधिकारीले समय समयमा यहाँको वस्तुस्थिति टिपेर लैजाने गरेका छन् । ‘नाका खोल्नको यता र उता क्षेत्रको भौतिक वस्तुस्थितिबारे बेलाबेलामा ‘रिपोर्टिङ’ भइरहने गरेको छ,’ उनले भने ।

प्रकाशित : मंसिर १९, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?