१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्मला हत्या प्रकरण : न्यायका लागि सडकमै सुते महिला

कञ्चनपुर — न्यायका लागि भन्दै धर्ना सुरु गरेका महिला अधिकारकर्मीहरूले मंगलबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालयअघि विरोध प्रदर्शन गरे । धर्नासँगै थप दबाब दिन महिलाहरू कार्यालयअघिको सडकमै सुते ।

निर्मला हत्या प्रकरण : न्यायका लागि सडकमै सुते महिला

महिलाहरूले २ घण्टा सडकमा सुत्दा सवारीसाधन आवागमनमा अवरोध भएको थियो । कार्यालयको कामकाज त सोमबारदेखि नै ठप्प छ । गेटमा धर्ना र महिलाहरू सडकमै सुतेपछि सेवाग्राही कार्यालयभित्र जानै सकेनन् ।


आंँखामा कालोपट्टी बाँधेर र छातीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको पोस्टर टाँसेर महिलाहरू सडकमै सुतेका हुन् । छेउमा केही महिलाले कालोपट्टी बाँधेर र पोस्टर टाँसेर धर्ना दिए । धर्नामा निर्मलाकी आमा दुर्गादेवी पनि थिइन् । पति यज्ञराजको उपचारका लागि काठमाडौं गएकी दुर्गा सोमबार महेन्द्रनगर पुगेकी हुन् । यज्ञराज भने उपचारका लागि काठमाडौंमै छन् ।


पीडित परिवारले कात्तिक २५ देखि सुरु गरेको अनिश्चितकालीन धर्ना यथावत् छ । दसैं र तिहारका लागि आन्दोलन स्थगित गरेको नागरिक संघर्ष समितिले सोमबारदेखि आन्दोलन थालेको हो । ‘पहिलो चरणको कार्यक्रमसम्म पनि अपराधी पत्ता नलागे फेरि अर्काे कार्यक्रम घोषणा गरिनेछ,’ समिति सदस्य निर्मला जोशीले भनिन् ।

प्रकाशित : मंसिर १९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?