कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइयो

दीपेन्द्र बिष्ट

काठमाडौँ — खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् । 

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइयो

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरे भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयल स्रोतले जनाएको छ ।

भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ ।


प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ । यसअघि खानेपानी मन्त्रालयका कानुन शाखाका उपसचिव गुणराज श्रेष्ठको नेतृत्तवमा २५ करोड घोटलाको छानबिन समिति गठन भएको थियो ।


यो पनि पढ्नुहोस्ः

कार्यसम्पादन करार गर्न अटेरी गर्दै खानेपानी संस्थानका महाप्रबन्धक

प्रकाशित : मंसिर १९, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?