१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निर्मला हत्या प्रकरण : टर्च बालेर न्यायको खोजी 

कञ्चनपुर — कञ्चनपुरका महिला अधिकारकर्मीले बुधबार दिउँसै टर्च बालेर व्यंग्यात्मक रूपमा न्यायको खोजी गरेका छन् । हत्यारा पत्ता लगाउन माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका अधिकारकर्मीले टर्च बालेर न्यायको खोजी गरेका हुन् ।

निर्मला हत्या प्रकरण : टर्च बालेर न्यायको खोजी 

जिल्ला प्रशासन कार्यालय अगाडिबाट टर्च बालेर सुरु गरिएको कार्यक्रम महेन्द्रनगर बजार परिक्रमा गरी प्रशासन अगाडिको धर्नास्थलमै पुगेर समापन भएको थियो । जिल्ला प्रशासन कार्यालयको प्रांगणमा करिब १ घण्टा टर्च बालेर प्रदर्शन गरेका थिए । त्यसपछि महेन्द्रनगर बजारक्षेत्रमा प्रदर्शन गरिएको थियो ।


‘घटना भएको ४ महिनाभन्दा बढी भइसक्यो, सरकारलाई अलिकति पनि लाज छैन,’ अधिकारकर्मी निर्मला जोशीले भनिन्, ‘सरकारलाई दबाब दिन फरक–फरक ढंगले आन्दोलन गरिरहेका छौं ।’


पीडित परिवारको धर्नासँगै नागरिक संघर्ष समितिले समेत आन्दोलनका कार्यक्रम घोषणा गरेको जोशीले बताइन् ।


बिहीबार महेन्द्रनगर बजार क्षेत्रमा मानव सांग्लो बनाएर थप दबाब सिर्जना गर्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले बताइन् । मानव सांग्लो प्रदर्शन गरिएपछि बृहत् अन्तक्र्रिया र छलफलपछि थप कार्यक्रम घोषणा गरिने उनले बताइन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?