२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

छोरी हत्या आरोपमा आमा पक्राउ

सन्तोष सिंह

जनकपुर — जनकपुरमा छोरीलाई घाटी थिचेर हत्या गरेको आरोपमा आमा पक्राउ परेका छिन् । जनकपुर उपमहानगरपालिका २४ सोनापडाकी १६ वर्षीया छोरी सोनी मण्डलको हत्या आरोपमा ४० वर्षीया आमा राजकुमारी देवीलाई प्रहरीले पक्राउ गरेको छ ।  

छोरी हत्या आरोपमा आमा पक्राउ

कक्ष ८ मा अध्ययनरत सोनी मण्डल र आमा राजकुमारीबीच घरायसी झगडाको क्रममा हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । विवाह गर्ने विषयमा आमा छोरीको झगडा भएपछि एउटै घरमा छुट्टै खाना पकाएर खाँदै आएका थिए ।


बुधबार भान्सामा बनाएको तरुवाको विषयमा झगडा हुँदा सोनीले आमामाथि आग्लो प्रहार गरेको र आमाले छोरीको घाटी थिच्दा सोनीको मृत्यु भएको प्रहरी उपरीक्षक थपलियाले बताए । आफूले मन पराएको केटासँग बिवाह गर्न खोज्दा आमा छोरीको झगडा हुँदै आएको स्थानीय बताउँछन् ।


झगडाको क्रममा बेहोस हुने नाटक गर्ने गरेको र बुधबार घाटी थिचिँदा फेरि बेहोसको नाटक गरेको हुन सक्ने भन्दै केहीबेरपछि हेर्दा सोनी मृत अवस्थामा फेला परेका थिए । भूइँमा ढलेकी छोरीलाई आमाले स्थानीयको सहयोग लिएर पछि खाटमा राखेको अनुसन्धानमा खटेका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए ।

प्रकाशित : मंसिर २०, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?