कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मन्त्री र मुख्यमन्त्रीका लागि भैंसेपाटीमा आवास, पुल्चोकमा १० वटा राजकीय अतिथिगृह बन्ने

काठमाडौँ — सरकारले राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखसहित संघीय मन्त्रीहरूका लागि ललितपुरको भैंसेपाटीमा २७ वटा आवास भवन बनाउने भएको छ । मन्त्रिपरिषदले पुल्चोकस्थित मन्त्री निवासका भवन भत्काएर त्यहाँ १० वटा राजकीय अतिथि गृह (स्टेट गेस्टहाउस) बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

मन्त्री र मुख्यमन्त्रीका लागि भैंसेपाटीमा आवास, पुल्चोकमा १० वटा राजकीय अतिथिगृह बन्ने

उनका अनुसार मन्त्रिपरिषदले अतिथिगृह बनाउन जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवैको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरेको छ ।


मन्त्रिपरिषदको सोमबारको बैठकले भैंसेपाटीमा सांसद आवासका लागि छुट्याइएको १ सय ४९ रोपनी, चार आना ३.२८ दाम जग्गामा २७ वटा आवास भवनसहित प्रदेश प्रमुख र मुख्यमन्त्री आवास/सम्पर्क कार्यालयका लागि पनि १४ वटा भवन बनाउने निर्णय गरेको हो ।


सरकारले युनिभर्सल पिस फेडरेसनबाट सुशासन अवार्डसहित प्राप्त एक लाख अमेरिकी डलरमा त्यति नै रकम थपेर शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई हौसला प्रदान गर्ने उद्धेश्यले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र साबिक कोल गाविसको कार्यालयबाट तक्सेरामा सार्ने निर्णय गरेको छ ।


मन्त्रिपरिषदले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्तिका लागि सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन गरेको छ । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरिएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?