कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीके राउत जेल चलान

शिव पुरी

रौतहट — झण्डै दई महिना प्रहरी हिरासतमा रहेका सीके राउतलाई बिहीबार जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार राख्ने आदेश दिएको छ । सांगठानिक आपराध गरेको आरोपमा उनलाई कारागार राख्ने आदेश गरेको हो । 

सीके राउत जेल चलान

अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले राउतलाई पुर्पक्षका लागि कारागार राख्ने आदेश गरेको हो । यसअघि राउतका आफन्तले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।


गएको असोज २१ गते गौर अदालतमा नियमित तारेख लिन आएका राउतलाई जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालको निर्देशनमा पक्राउ गरिएको थियो । त्यसपछि उनीविरुद्ध सांगठानिक आपराधको मुद्दा दर्ता गरिएको हो । त्यसअघि बिभिन्न जिल्लाहरुमा राज्य बिरुद्धको पराधमा उनलाई पक्रेर मुद्दा चलाइए पनि छुटेका थिए । राउतले स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका थिए ।


एसपी ढकालले भने, ‘राउतका समर्थकहरुले राज्य विरुद्धको काम गरेको देखियो । उनी एक्लै राज्यविरुद्ध यसरी लाग्न सक्दैनन् । त्यसैले सांगठनिक आपराधको मुद्दा चलाएका हौ ।’ उनी पक्राउ परेलगत्तै समर्थकहरुले प्रहरी कार्यालय अगाडि नाराबाजी र धर्ना दिएका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही समान्य घाइते भए ।

प्रकाशित : मंसिर २०, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?