पूर्वआईजीपी बोहरालाई सफाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याएको हो । 

विशेष अदालतले २६ लाख ८३ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहरसहित २०६८ चैत २१ गते बोहरालाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । सम्पत्तिको स्रोत नखुलेकाले जफत गरी त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख थियो ।

Yamaha

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराले २ करोड ३८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७५ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जलविद्युत र कृषिमा लगानी गर्न ओमन तयार 

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमनले नेपालको जलविद्युत र कृषि क्षेत्रमा लगानी गर्न तयार भएको छ । ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको भेटमा ओमनका वाणिज्य तथा उद्योग मन्त्री अली विन मसाउद अल सुन्आइडीले ओमनीको सरकारी कोषबाट नेपालमा लगानी गर्न तयार भएको वताए । 

मन्त्री सुन्आइडीले नेपालका कृषि र वनपैदावार ओमनका बजारमा निकै माग रहेको वताएका थिए । दुई देशवीचको ब्यापारलाई विस्तार गर्नको लागि यथासक्य छिटो ब्यापार कार्यशाला गर्ने राजदूत ढकालले वताइन् ।

प्रकाशित : मंसिर २०, २०७५ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT