१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकार र प्रतिपक्षी दल सुस्त भए : सभामुख महरा

दुर्गालाल केसी

दाङ — संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सरकार र प्रतिपक्षी दल सक्रिय नभएका कारण कतिपय काम प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको बताएका छन् ।

सरकार र प्रतिपक्षी दल सुस्त भए : सभामुख महरा

पत्रकार महासंघ दाङले शुक्रबार बिहान घोराहीमा आयोजना गरेको भेटघाटमा बोल्दै महराले दलहरुका राजनीतिक गतिबिधि सुस्त भएकाले पनि नेताहरुको कामकाज प्रभावकारीरुपमा देखिन नसकेको बताए । ‘सबै दलहरु सुस्त छन् । दलहरुका गतिबिधि कम हुँदा राजनीतिक गति सुस्त देखिएको छ,’ उनले भने, ‘दलहरुले राजनीतिक गतिबिधिहरु बढाउन आवश्यक छ ।’

अझै पनि धेरै ऐन नियमहरु बन्न बाँकी भएकाले जनताले महशुस हुने गरी काम हुन नसकेको उनले बताए । ‘हामी अझै नीतिनियम बनाउने क्रममै छौं । धेरै कानूनहरु बन्न बाँकी छन्,’ उनले भने ।

श्रमिकहरुको सुरक्षा कार्यक्रम एउटा महत्वपूर्ण कदम भएको उनले बताए । ‘संविधानमा व्यवस्था भएका प्रावधानलाई नीति बनाएर कार्यान्वयन गर्ने काम भइरहेको छ । यो मजदूरहरुको हकहितमा महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘यो कार्यक्रम सफल पार्न सबैको सहयोग जरुरी छ । रोजगारदाता र श्रमिकहरु नियम अनुसार यसमा सहभागी हुनुपर्छ ।’

प्रकाशित : मंसिर २१, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?