१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामाजिक सुरक्षा कोष : सूचीकरण प्रक्रियामा एकसय ९६ रोजगारदाता सामेल 

काठमाडौँ — सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा योगदान गर्न एकसय ९६ उद्योग/प्रतिष्ठान सूचीकरण प्रक्रियामा सामेल भएका छन् ।

सामाजिक सुरक्षा कोष : सूचीकरण प्रक्रियामा एकसय ९६ रोजगारदाता सामेल 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित कार्यक्रम ल्याएपछि सामाजिक सुरक्षा कोषले सूचीकरण हुन रोजगारदातालाई मंसिर ६ गते देखि खुल्ला गरेको थियो ।

कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी अधिकृत श्यामराज अधिकारीले सूचीकरण कार्यलाई सहज र सरल बनाउन अनलाईन पद्धति अपनाइएकोले रोजगारदातालाई सूचीकरण प्रक्रियामा आउन सहज भएको बताए ।

‘रोजगारदाता आफू दर्ता भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचीकरण गर्नुपर्ने व्यवस्था छ,’ उनले भने ।

कोषले नेपालको औद्योगिक वातावरण अझ राम्रो बनाउन रोजगारदातालाई आफ्नो तथा श्रमिक एवम् कर्मचारीलाई सूचीकरण गरी योगदानमा आधारित सामाजिक योजनालाई सफल बनाउन आब्हान गरेको छ ।


सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन दिने गरी सामाजिक सुरक्षा कार्यक्रम सुरुवात भएको हो । कोषमा रोजगारदाताको २० र श्रमिको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुन्छ ।


कोषले रोजगारदाता सूचीकरणलाई व्यवस्थित गर्न ३५ जना कर्मचारी परिचालन गरेको छ । ‘सूचीकरणका लागि रोजगारदाता कार्यालय नै धाउनुपर्दैन । अनलाइनबाट नै आवेदन दिने हो । हामीले छिटो सेवा प्रवाह गर्न प्राबिधिक टीम पनि परिचालन गरेको छौंं,’ उनले भने, ‘रोजगारदाताको परिचयपत्र नम्बर दिने काम भइरहेको छ । परिचयपत्र पाउने रोजगारदाता आफैंले श्रमिकको अभिलेख गर्ने हो ।’

कोषले उपत्यका बाहिर मंसिर १५, प्रदेश नम्बर १, २, ५, ६ र ७ का लागि क्रमश: मंसिर १५, पुष १, पुष १५, माघ १ र माघ १५ गतेबाट सूचीकरण सुरु गर्ने समयतालिका सार्वजनिक गरेको छ ।


कोषमा श्रमिकको रकम जम्मा नगर्ने रोजगारदाताको बैक तथा वित्तिय संस्थामा रहेको खाता, चलअचल सम्पत्ति, छुट सहुलियत रोक्का राख्ने, अनुमति पत्र वा इजाजत पत्र निलम्वन गर्ने देखि राहदानी समेत रोक्का राख्ने कानुनी प्रावधान छ ।

सूचीकरणमा सामेल हुन चाहने कम्पनीहरु :




प्रकाशित : मंसिर २१, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?