कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरी र फरार अभियुक्तबीच रातोपुलमा गोली हानाहान, राजन लिम्बू पक्राउ 

काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका फरार अभियुक्त राजन लिम्बू पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महशाखाको टोलीले शुक्रबार पक्राउ गर्न खोज्दा रातोपुलमा दोहोरो गोली हानाहान भएको थियो ।

प्रहरी र फरार अभियुक्तबीच रातोपुलमा गोली हानाहान, राजन लिम्बू पक्राउ 

महाशाखाका प्रमुख एसएसपी धिरजप्रतास सिंहले पक्राउ गर्न खोज्दा लिम्बूले गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताए ।


प्रहरीको गोली लागेका लिम्बूलाई ट्रमा सेन्टरमा उपचारमा राखिएको छ । एसएसपी सिंहका अनुसार उनको तिघ्रामा गोली लागेको छ ।

लिम्बू २०७३ फागुन १५ गते झापाको काँकडभिट्टास्थित एक सहकारी संस्थाबाट १ लाख डकैतीका मुख्य प्रतिवादी हुन् । गत मंसिर १२ गते इटहरीस्थित एक्टिभ मनि ट्रान्सफर कम्पनीका सविन दाहाललाई छुरा प्रहार गरी ३ लाख लुटेको आरोपमा पनि उनी प्रहरीको खोजी सूचीमा थिए ।


प्रकाशित : मंसिर २१, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?