पूर्वमन्त्रीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, पा‌ण्डेसँग २ अर्ब १३ करोड बिगो माग

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले पूर्वमन्त्री एव‌ं राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ। पाण्डे गत निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन ३मा उम्मेदवार बनेका थिए । तर, तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनका बलिया उम्मेदवार पुष्पकमल दाहाल प्रतिस्पर्धी बनेपछि पाण्डे पराजित भए । उनी पूर्व वनमन्त्रीसमेत हुन् ।

Yamaha

वर्तमान आयोजना प्रमुख सर्वदेवप्रसाद, सिडिई मिनराज ढकालविरुद्ध पनि भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ। उनीहरुमाथि बिगी माग दाबी छैन।

पूर्वआयोजना प्रमुख शरदचन्द्र पण्डितमाथि ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीमाथि १ अर्ब ५६ करोड, रमेश बस्नेतमाथि २ अर्ब १२ करोड बिगो, माग/दाबी छ। सिडीईहरु सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्कीलाई पनि भ्रष्टाचार मुद्दा लगाइएको छ।

सिँचाइ विभागका इन्जिनियरहरु कमलप्रसाद रेग्मी, रविनाथबाबु श्रेष्ठ, आशिषभन्द्र खनाललाई पनि प्रतिवादी बनाइएको छ।

कालिका कन्स्ट्रक्सनका युवराज क्षेत्रीमाथि पनि मुद्दा दायर भएको छ। त्यसैगरी, उद्धवराज चौलागाईं, हेमनिधि शर्मा र अरुणकुमार चौधरीमाथि पनि भ्रष्टाचार मुद्दा छ।

हेर्नुहोस् नामवली र माग/दाबी गरिएको रकम

प्रकाशित : मंसिर २१, २०७५ १६:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रहरी र फरार अभियुक्तबीच रातोपुलमा गोली हानाहान, राजन लिम्बू पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका फरार अभियुक्त राजन लिम्बू पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महशाखाको टोलीले शुक्रबार पक्राउ गर्न खोज्दा रातोपुलमा दोहोरो गोली हानाहान भएको थियो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रतास सिंहले पक्राउ गर्न खोज्दा लिम्बूले गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताए।

प्रहरीको गोली लागेका लिम्बूलाई ट्रमा सेन्टरमा उपचारमा राखिएको छ। एसएसपी सिंहका अनुसार उनको तिघ्रामा गोली लागेको छ।

लिम्बू २०७३ फागुन १५ गते झापाको काँकडभिट्टास्थित एक सहकारी संस्थाबाट १ लाख डकैतीका मुख्य प्रतिवादी हुन्। गत मंसिर १२ गते इटहरीस्थित एक्टिभ मनि ट्रान्सफर कम्पनीका सविन दाहाललाई छुरा प्रहार गरी ३ लाख लुटेको आरोपमा पनि उनी प्रहरीको खोजी सूचीमा थिए।

प्रकाशित : मंसिर २१, २०७५ १४:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT