कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पप्पुले बनाएर भासिएको बबई पुल सरकारले पुनर्निर्माण गर्ने मन्त्रीको घोषणा

कमल पन्थी

बर्दिया — गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबई नदीमा भासिएको पुल सरकारले बनाउने भएको छ । निर्माण गराउन स्थानीय र जनप्रतिनिधिले चौतर्फी दबाब दिन थालेपछि यातायात, भौतिक तथा योजनामन्त्री रघुवीर महासेठले आइतबारदेखि पुल पुन:निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका हुन् ।

पप्पुले बनाएर भासिएको बबई पुल सरकारले पुनर्निर्माण गर्ने मन्त्रीको घोषणा

पप्पु कन्सट्रक्सनले निर्माण गरेको उक्त पुल गत वर्ष साउन २८ गते भासिएको थियो । पुल भासिएपछि उत्तर दक्षिण जोड्ने दुई नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद भएको छ । शनिबार पुलको अनुगमनका लागि आएका मन्त्री महासेठले पुल पुन:निर्माण गर्ने हो वा तत्काललाई बेलीब्रिज बनाउने यसबारे आइतबार निर्णय गरी काम सुरु गर्ने बताए ।


‘पप्पु ठेकेदार कम्पनीले बनाउला भनेर सरकार कुर्नै’ उनले भने, ’सरकार आफ्नै लगानीमा पुन:निर्माण गर्ने निर्णय लिन्छौ ।,’ तर पुल पुन:निर्माण असारभित्र सम्पन्न हुन नसक्ने प्राविधिकले बताए । मन्त्री महासेठले असारभित्र निर्माण सम्पन्न नभएपनि आउजाउमा समस्या नहुने दाबी गरे ।


हस्तान्तरण नहुँदै पुल भासिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका तात्कालीन अध्यक्ष हरी नारायण रजौरिया,हालका अध्यक्ष उनका छोरा सुमित लगायत विरुद्ध विशेष अदालतमा बिगो सहित मुद्दा चली रहेको छ ।

पप्पु कन्सट्रसनले करिब ६ वर्ष अघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा निर्माण गरेको थियो । पुल भासिएका कारण यस भेगका करिब एक लाख बासिन्दा प्रभावित भएकाछन् ।

यो पनि पढ्नुहोस्ः

बबई पुल पुनर्निर्माणका लागि दबाब

भासिएको बबई पुलको संसदीय समितिको अनुगमन

बबई पुल भासियो

प्रकाशित : मंसिर २२, २०७५ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?