कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुन्चेमा २ किलो सुनसहित एकजना पक्राउ

बलराम घिमिरे

रसुवा — रसुवाको धुन्चेबाट प्रहरीले एकजना व्यक्तिलाई २ किलो सुनसहित पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका-१, थुमानका निमा दोर्जे तामाङका साथबाट प्रहरीले नियमित चेकिङका क्रममा २ किलो सुन फेला पारेको हो ।

धुन्चेमा २ किलो सुनसहित एकजना पक्राउ

उनी ना१ज ६१७६ नम्बरको सुमोमा सवार भएर स्याफ्रुबेसीबाट काठमाडौं जान लागेका थिए ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष तामाङका अनुसार प्रहरीमा गोप्य सूचना प्राप्त भएपछि चेकिङको क्रममा सुन फेला परेको हो । यसबारे थप अनुशन्धान भइरहेको पनि उनले जनाएका छन् ।


प्रकाशित : मंसिर २४, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?