कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

समाचारमा आज : प्रहरी–हतियारधारीको मुठभेडदेखि आदित्यनाथको स्वागत तयारीसम्म

काठमाडौँ — सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रको शौचालयमा पुगे । शौचालयहरुमा खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि उनी आफै कस्सिए सफा गर्न । तत्काल आवश्यक सामान मगाएर मन्त्री सुवेदी आफै हातमा पोचा लिएर सरसफाई गर्न आफै अग्रसर भए । उनले भने, 'यो सस्तो लोकप्रियताको लागि होइन ।'

समाचारमा आज : प्रहरी–हतियारधारीको मुठभेडदेखि आदित्यनाथको स्वागत तयारीसम्म

गोलीबाट मृत्यु : सीमा प्रहरी र भारतीय हतियारधारीबीच भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ । मारिने हतियारधारीको पहिचान भने खुल्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गबाट करिव ३ किलोमिटर दक्षिणमा पर्ने सुनसरीको कोशी गाउँपालिकास्थित मुसहरीटोल नजिकै गोली हानाहान भएको हो । थप....


प्रहरी प्रमुखको स्पष्टोक्ति : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा आफ्नो तर्फबाट केही कमजोरी भएको प्रमाणित भए जागिर छाड्ने बताएका छन् । संसदीय समितिको बैठकमा उनसंग सांसदहरुले अनुसन्धान प्रभावित बनाएको तथा प्रहरीले नै प्रमाण नष्ट पारेको बारे प्रश्न गरेपछि उनले प्रहरीले आफ्नो सामर्थ्यले सक्ने काम गरिरहेको बताएका थिए । थप.....


मन्त्री आफैले शौचालय सफा गरेपछि : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रको शौचालयमा पुगे । शौचालयहरु खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि उनी आफै कस्सिए सफा गर्न । तत्काल आवश्यक सामान मगाएर मन्त्री सुवेदी आफै हातमा पोचा लिएर सरसफाई गर्न अग्रसर भए । थप.....


प्रधानमन्त्रीको हुँकार : प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व मच्चाउने र विखण्डन चाहनेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । अन्तरप्रदेश परिषद्को बैठक समापन गर्दै उनले सोमबार नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा र तराईमा सक्रिय सीके राउत समुहको नाम नलिइकनै सरकार कडा रुपमा प्रस्तुत हुने बताएका हुन् । थप......


योगीलाई दिवाभोज तयारी : हरेक साल विवाह पञ्चमीमा जनकपुर सिंगारिन्छ । त्यो सबैले देख्दै आएको कुरा हो । रामजानकी विवाह समारोह मिथिलाबासीका लागि महत्वपूर्ण पर्व हो, त्यो पनि सबैलाई थाहा छ । यसपालीको तयारी झन बिशेष छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने भएपछि तयारी झनै भब्य बनाइएको हो । तयारी कसरी भइरहेको छ भन्ने बुझ्न कान्तिपुरको फोटोफिचर हेर्नुहोला । थप.....

प्रकाशित : मंसिर २४, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?