१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘विश्वास गुमाउँदै सरकार’

हेटौंडा — राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको कामले केही वर्ष भित्रमा तीव्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र बिखण्डनसम्मको संघारमा पुग्ने बताएका छन् । 

‘विश्वास गुमाउँदै सरकार’

राप्रपाको प्रदेश ३ स्तरिय प्रशिक्षणको सोमवार हेटौंडामा उदघाटन् गर्दै उनले तराईका विखण्डनकारीलाई स्थानीय प्रशासन तमासे वनेर हेरिरहेको आरोप लगाए । सरकारको नेतृत्व गरेको एक बर्ष पुग्न नपाउदै केपी ओली नेतृत्वको सरकारप्रति नागरिकको तिब्र अविश्वास वढेको उनको भनाइ छ ।


‘सरकार सबै क्षेत्रवाट असफल हुदै गएको छ,’ उनले भने, ‘हरेक क्षेत्रमा पार्टीकरण गरिएको छ ।’ प्रहरीमा पार्टीकरण गरेकाले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न नसकिएको उनले बताए । राजनितिक परिबर्तन भएको १२ बर्ष वितिसक्दा पनि नागरिकले कुनैपनि परिबर्तनको अनुभुती गर्न नपाएको थापाको भनाई थियो ।


कार्यक्रममा राप्रपाका बरिष्ठ केन्द्रीय सदस्यहरु रोसन कार्की, तोरणबहादुर गुरुङ, सहायक महामन्त्री राजाराम बतौला लगायतले सम्बोधन गरेको थिए । वक्ताहरुले संगठन बनाउन जोड दिएका थिए । २ दिने कार्यक्रममा प्रदेश ३ मा पर्ने १३ जिल्लाका पार्टी अध्यक्षलगायतका सहभागीता छ ।

प्रकाशित : मंसिर २४, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?