औद्योगिक करिडोर खनारस्थित एक उद्योगमा आगलागी

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनारस्थित एक उद्योगमा आज बिहान आगलागी भएको छ । औद्योगिक करिडोर खनार बजारमा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखि आगो लागेको हो । उक्त उद्योग भानु टिवडेवाल अग्रवालको रहेको प्रहरीले जनाएको छ ।

औद्योगिक करिडोर खनारस्थित एक उद्योगमा आगलागी

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठका अनुसार आगो नियन्त्रण गर्ने क्रम जारी रहेको छ । उनका अनुसार फममा भित्रभित्रै आगो सल्किएकोले त्यो निभाउने प्रयास जारी छ ।


आगो नियन्त्रणका लागि धरान, इनरुवार, इटहरी, मोरङको सुन्दर हरैचा र विराटनगरको दमकल प्रयोग गरिएको छ । आगलागीको कारण पत्ता लगाकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ र स्थानीय बासिन्दाले आगो नियन्त्रण गर्न सहयोग गरिरहेका छन् ।


प्रकाशित : मंसिर २५, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?