कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

याे वर्षकाे क्षतिपूर्तिसहित आउँदाे वर्ष वृद्धभत्ता बढ्छ : दाहाल

दीपक परियार

सिक्लेस (कास्की) — पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् ।

याे वर्षकाे क्षतिपूर्तिसहित आउँदाे वर्ष वृद्धभत्ता बढ्छ : दाहाल

शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले मंगलबार पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताए ।


‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको छ,’ उनले भने, ‘घोषणपत्रमा गरिएको संकल्पअनुसार काम हुन्छ ।’ उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरे ।


उनले पार्टी एकता टुंगिनेतिर गएको बताउँदै पार्टी र सरकारको कामको पनि समीक्षा भइरहेको जनाए ।

प्रकाशित : मंसिर २५, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?