कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

मोहन बुढाऐर

धनगढी — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी  निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि नेपाल विद्यार्थी संघ, महिला संघका कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन् ।

निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

विरोध प्रर्दशनमा केहीबेर प्रहरीसँग मुठभेडको स्थिती पनि सिर्जना भएको थियो ।

प्रधानमन्त्री तथा संघिय गृहमन्त्रीको पुतला दहन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरीबीच मुठभेडको स्थिती सिर्जना भएको हो । आक्रोशित विद्यार्थीहरुले मुख्यमन्त्रीको मुल गेट अगाडिको सडकमा भने टायर जलाएर विरोध प्रर्दशन गरे । यही क्रममा करिव १ घण्टा प्रदेशको मुख्यकार्यालय अगाडिको सडक अवरुद्ध भएको थियो ।

प्रर्दशनकारीले ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लगाएका थिए । नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष भेष बलले पुत्ला दहनमा प्रहरीले गर्न खोजेको विरोधमा थप १ घण्टा सडक जाम गरेको बताए । उनले निर्मलाले न्याप नपाए सम्म नेपाल विद्यार्थी संघ आन्दोलनलाई निरन्तरता दिने बताए ।


प्रकाशित : मंसिर २५, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?