कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष दाहाल

रासस

पोखरा — नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् ।  

वर्तमान सरकारको विकल्प छैन : अध्यक्ष दाहाल

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताए। पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उनले जानकारी गराए ।


सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने दाहालले उल्लेख गरे । मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उनले आपसी सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताए ।


दुई पार्टीबीचको एकीकरण प्रकृया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ संगठनको नेतृत्व चयन गरिने बताए ।


सिक्लेसबाटै शान्ति प्रकृयाको सुरुवात भएको स्मरण गर्दै उनले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित : मंसिर २५, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?