कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समाचारमा आज : प्रकृति संरक्षण कोषमा नियुक्तिको दौडदेखि आदित्यनाथका लागि ३६ व्यञ्जनसम्म

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरिएको छ । प्रदेश ७ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रतिपक्षी दल कांग्रेसका भातृ संगठनहरुले गरेको प्रदर्शनका क्रममा पुतला दहन गरिएको हो ।

समाचारमा आज : प्रकृति संरक्षण कोषमा नियुक्तिको दौडदेखि आदित्यनाथका लागि ३६ व्यञ्जनसम्म

आदित्यनाथका लागि ३६ व्यञ्जन : रामजानकी विवाहको अवसरमा जन्ती बनेर भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आइपुगेका छन् । यस वर्षको विवाह पञ्चमी उनकै कारण थप चर्चा भएको हो । उनको भोजनका लागि जनकपुरमा भब्य भण्डारा तयार भएको छ । उनैको लागि ३६ व्यञ्जनको परिकार बनाउने क्रम जारी छ । थप....


नेताले कुटे इन्जिनियर : बेला बेला जनप्रतिनिधि हौं भन्दै नेताहरुले कर्मचारीलाई कुटेको समाचार आउने गर्दछ । यस्तै घट्ना सुनसरीमा फेरी भएको छ । पुरानो नक्साअनुसार घर पास गर्न नमानेको भन्दै इनरुवा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर इन्द्रनन्द साहलाई राजापाका नेता राजीव मेहेताले कार्यकक्षमै हातपात गरेका हुन् । थप......


प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलाए : थप.....


कांग्रेसको राजनीतिक प्रस्ताव : प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको शैली र व्यवहारबाट अधिनायकवादको सुरुवात हुन लागेको आरोप लगाएको छ । कांग्रेसले महासमिति बैठकको लागि तयार पारेको राजनीतिक प्रस्तावमा सरकारलाई अधिनायकवादी भनिएको हो । समितिले सरकार अधिनायकवादी हुनुका पाँच कारणका रुपमा संघीयताप्रति उदासिनता, संविधानप्रति अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न र संचार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भनेको छ । थप....


समायोजनमा जाने कर्मचारीलाई सुविधा : सरकारले कर्मचारीको समायोजनलाई सजिलो बनाउनका लागि अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार प्रदेश र स्थानीय तहमा समायोजित हुने कर्मचारीलाई विशेष सुविधाको व्यवस्था गरेको छ । सुविधा अनुसार श्रेणीविहीन कर्मचारीलाई दुई ग्रेड थपिने, सहसचिव (११ औं तह) लाई पनि दुई ग्रेड थपिने, पाँच वर्षभन्दा बढी समयदेखि उपसचिव भएकालाई १० औं तहमा बढुवा गरिनेलगायतका सुविधाहरु छन् । थप....


पदका लागि दौडादौड : प्रकृति संरक्षण कोषको सदस्यसचिव नियुक्तिका लागि आकर्षक स्थान मध्ये मानिन्छ । त्यसैले त यसका लागि दौडधुप पनि धेरै हुने गर्दछ । २८ कात्तिकदेखि खाली रहेको कोषको सदस्यसचिव पदका लागि पूर्व विद्यार्थी नेतादेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का भाईसम्म दौडमा रहेको बताइएको छ । कस्ता मान्छेहरु दौडमा छन् भन्ने बारे आवदुल्लाह मियाँको रिपोर्ट । थप.........

प्रकाशित : मंसिर २५, २०७५ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?