प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको मंगलबार स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्रीको फलोअप स्वास्थ्यजाँच गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रधामन्त्रीको स्वास्थ्यस्थिति सामान्य छ । ओलीलाई छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा कम भएपछि गत कात्तिक १२ गते सेन्टरको कोरोनरी केयर युनिट (सिसियु) मा भर्ना गरिएको थियो । उनलाई पाच दिनपछि डिस्चार्ज गरिएको थियो ।

प्रकाशित : मंसिर २५, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?