१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गोदामचौर बलात्कार घटनाका फरार प्रतिवादी पक्राउ

प्रशान्त माली

ललितपुर — ललितपुर गोदामचौरका सामुहिक बलात्कार घटनाका फरार ३ जना अभियुक्त गोदावरीबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरी टोलीले बुधबार बलात्कार घटनामा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई होटेलमा लुकिछिपि बस्दै आइरहेको अवस्थामा पक्राउ गरेको हो ।

गोदामचौर बलात्कार घटनाका फरार प्रतिवादी पक्राउ

अयिभुक्तहरु मिलेर ०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि बलात्कार गरेका थिए ।


घटना घटेको दिन ती युवती काम सकेर साँझपख घर फर्किरहेकी थिईन् । युवतीले दिएको बयानमा आफूलाई ३ जना व्यक्तिले ज्यान मार्ने नियतले आक्रमण गरेको, पैदल हिडिँरहेको सडकबाट तल तोरीबारीमा खसाएर ढुंगाले टाउकोमा हानेको, मोबाइलको टर्च आँखामा बाल्दै रघु, विशाल र पवनको नाम काढेरै एकअर्कालाई बोलाएको बताएकी थिइन् ।


बलात्कारको भोलिपल्ट युवतीलाई तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । लगतै पाटन अस्पताल लगिएका युवतीको टाउकोमा गम्भीर चोट सहित स्नायु प्रणालीमा आघात परेकाले शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो ।


प्रहरीले घटनास्थलबाट रगत लत्पतिएको ढुंगा, युवतीको सुरुवाल, रगत लागेको सल, रौँ, हाते झोला, तरकारी ब्याग, मोबाइल सहितका सामग्री ‘प्रमाण’ राखेका थिए । घटनाको ८औँ‍‌ दिनमा किटानी जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गर्‍यो ।


प्रारम्भीक अनुसन्धानपछि पुस २४ मा पाटन जिल्ला अदालतमा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता राम घिमिरेले अभियोगपत्र प्रस्तुत गरेका थिए । तीन प्रतिवादीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ सहितले वकालत गरेका थिए ।


घटनास्थलमा भेटिएका र पछि परीक्षणमा भेटिएको भौतिक सबुत मध्ये युवतीको यौनांग बाहिर भेटिएको वीर्यलाई परीक्षण गर्न केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएकोमा यसको रिपोर्ट नै नआइकन जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको इजालासले पुस २६ मा तीनै जनलाई साधारण तारेखमा रिहा गरेको थियो ।


घटनास्थलमा भेटिएको प्रमाण आधारमा अभियुक्तको ‘फिंगर प्रिन्ट’ परीक्षण गर्ने काम समेत नगरिएको पीडित पक्षको आरोप छ ।

प्रकाशित : मंसिर २६, २०७५ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?