कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जनतान्त्रिक मोर्चाले बुझायो हतियार

राजविराज — जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (अविनाश समूह) ले सरकारको राजनीतिक वार्ता टोलीसमक्ष बुधबार हतियार बुझाएको छ । समूहका संयोजक उपेन्द्रप्रसाद यादव (अविनाश) सहित ११ जनाले २६ थान हतियार बुझाएका हुन् । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जनतान्त्रिकले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली समक्ष कटुवा पेस्तोल ११ थान, रिभल्वर २ थान, कटुवाको १० राउन्ड र रिभल्वरको २ राउन्ड गोली तथा डेटोनेटर १ थान बुझाएको छ ।


मोर्चाले बुझाएको हतियार सरकारी टोलीका संयोजक पाण्डेले प्रजिअ पौडेललाई हस्तान्तरण गरेका थिए ।


सरकारी टोलीका संयोजक पाण्डेले मोर्चाका तर्फबाट ११ बुँदे माग प्रस्तुत भएको जानकारी दिए । मोर्चाले कार्यकर्तामाथिको वारेन्ट फिर्ता हुनुपर्ने, बन्दी ३४ जना कार्यकर्ता रिहा हुनुपर्ने, मारिएकालाई क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेको पाण्डेले बताए ।


मोर्चाका माग सरकार समक्ष राख्ने प्रतिबद्धता जनाएको पाण्डेले बताए ।

प्रकाशित : मंसिर २६, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?