कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्ता कटौतीको विरोधमा संसदका कर्मचारी आन्दोलनमा 

काठमाडौँ — संघीय संसदका कर्मचारीले कार्यालय समय भन्दा बढी काम गरेको सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् । १२ औ संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाइरहेको बेला कर्मचारी युनियनले कार्यालय समय भन्दा थप समय काम गरे सुविधा दिनुपर्ने माग राखेका हुन् ।

भत्ता कटौतीको विरोधमा संसदका कर्मचारी आन्दोलनमा 

कर्मचारीको विरोधले बुधबार हुने म्यूजिकल चेयर, टाइ बनाउने प्रतियोगिता, गायन प्रतियोगिता रोकिएको छ ।

सचिवालयले शुक्रबार संसद सेवा दिवस मनाउने तयारी गरेको छ । ‘अरु कार्यक्रममा पनि भाग लिदैनौँ,’सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले भने ।


संसदका कर्मचारीले यसअघि ८० प्रतिशत भत्ता लिने गरेका थिए । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गनिदर्शन ल्याएर भत्ता कटौती गरेको थियो । ‘विशिष्ट सेवा भएकोले सुविधा पनि विशिष्ट हुनुपर्छ भन्ने हाम्रो माग हो,’अर्यालले भने,‘बढी समय काम लगाइन्छ भने सेवा सुविधा दिनु पर्‍यो ।

हामीले कार्यालय समयमा काम गरेको छुट्टै पैसा हुनुपर्छ भनेको होइन । ओभरटाइम गराएपछि श्रमको मुल्यांकन हुनु पर्‍यो ।’

सुविधा उपलब्ध नभए संसद सेवा दिवस समेत अवज्ञा गर्ने उनले बताए । बिहान संसदीय समितिको बैठक हुँदा सांसदले खाना खर्च बापत भत्ता पाउँछन् भने कर्मचारीले पाउँदैनन् ।


सभामुख कृष्णबहादुर महराको सभापतित्वमा केही दिन अघि बसेको संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले ५० प्रतिशत भत्ता दिन अर्थ मन्त्रालयलाई पत्राचार गर्ने समेत निर्णय गरेको छ ।


संसद सचिवालयले क्यालेन्डर अनुसार काम गरेमा कर्मचारीलाई छुट्टै भत्ता दिनु नपर्ने विज्ञहरुले सुझाव दिएका छन् । सातामा तीन दिन सदन र तीन दिन समितिको बैठक राख्ने गरी क्यालेन्डर बनाउने हो भने भत्ता बिनै काम गर्न सकिने विज्ञहरु बताउँछन् ।

प्रकाशित : मंसिर २६, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?