कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाचारमा आज : वाइडबडीबारे छानविन गर्न उपसमिति गठनदेखि छ वर्षपछि भद्रशिलाको शव आइपुगेकोसम्म 

काठमाडौँ — रामजानकी विवाहको अवसर पारेर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आइपुगेका छन् । जन्ती बनेर आएका आदित्यनाथको स्वागत गर्न प्रदेश २ का मुख्यमन्त्री मात्र होइन, संघीय पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीसमेत पुगे । आदित्यानथले यसअघि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बोलीमा लोली मिलाउँदै दुई देशबीचको कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् ।

समाचारमा आज : वाइडबडीबारे छानविन गर्न उपसमिति गठनदेखि छ वर्षपछि भद्रशिलाको शव आइपुगेकोसम्म 

विमान खरिदको छानबिन गर्न दुई उपसमिति : राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम काण्डैकाण्डको पर्याय जस्तै छ । अझ उसको हर जहाज खरिदमा छानविन भइरहेको हुन्छ । हालै किनिएको दुई वटा एयरबसको वाइडबडी जहाज खरिद काण्ड पनि अछुतो रहेन । संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको छ । थप छानविनका लागि लेखाले दुई उपसिमितसमेत गठन गरेको छ । थप......


आदित्यनाथ जनकपुरमा : थप......


सर्‍यो कांग्रेस महासमिति बैठक : शुक्रबार उद्घाटन हुने भनिएको प्रतिपक्षी कांग्रेसको महासमिति बैठक सामान्य प्राविधिक त्रुटीका कारण एक दिन सरेको छ । नयाँ जारी गरिएको कार्यतालिका अनुसार बैठकमा सहभागी हुने महासमिति सदस्यहरुको रजिष्ट्रेसन शुक्रबार पार्टी कार्यालयमा हुने छ भने उद्घाटन शनिवार यगम्बर पार्टी प्यालेसमा हुनेछ । थप......


प्रचार एउटा, यथार्थ अर्कै : सरकारी निकायहरु कति निकम्म छन् वा अरुको आँखामा छारो हाल्न सक्छन् भन्ने कुराको उदाहरण बनेको छ, चितवन राष्ट्रिय निकुञ्ज । चोरी सिकारीका कारण गैंडा मर्न कम भएको भन्दै ठूलै प्रचारसाथ ‘शून्य चोरी सिकार’ मनाइरहेकै बेला गैडा मारिएको भेटिएको छ । चितवन निकुञ्जले ‘शून्य चोरी सिकारका हजार दिन’ कार्यक्रम गरेकै बेला चोरी सिकारी भएको भन्दै सिकारीलाई अदालतले सजाय गरेको छ । थप.......


शव ल्याउन छ महिना : बैदेशिक रोजगारीका कारण मुलुक चलिरहेको भन्नेहरु धेरै छन् । तर, त्यही बैदेशिक रोजगारीमा पुगेकाहरुको कथाव्यथाभने दर्दनाक छ । यस्तै एउटा दर्दनाक कथाकी पात्रा बनेकी छन्, झापाकी भद्रशिला । तीन लालावाला छाडेर साउदी अरवमा रोजगारीका लागि चोरबाटोबाट पुगेकी भद्रशिलाको त्यही मृत्यु भयो । तर, उनको शव ल्याउनै मात्रछ वर्ष लाग्यो । बल्ल उनकी छोराछोरीले शव बुझेका छन् । थप......


प्रकाशित : मंसिर २६, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?