कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महाकवि देवकोटा कुञ्ज सरकारले लिने

काठमाडौँ — सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित आवास ‘कविकुञ्ज’ लाई लिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा काठमाडौं डिल्लीबजार धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका थिए । 

महाकवि देवकोटा कुञ्ज सरकारले लिने

परिवारसितको छलफलपछि महाकवि देवकोटा आफैंले निर्माण गराएको मैतीदेवीस्थित करिब १३ आना क्षेत्रफलसहितको घर सरकारले लिने टुंगो लागेको छ । सरकारले कविकुञ्ज’ लाई संग्रहालय निर्माण कार्यको संयोजनका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई जिम्मेवारी दिएको थियो ।


‘महाकवि देवकोटा परिवारका सदस्यहरूसँग छलफल गरेपछि महाकविले मैतीदेवीमा बनाउनुभएको घर, जहाँ लामो समय बिताउनुभयो त्यसैलाई लिने निधो भएको छ,’ कुलपति उप्रेतीले भने, ‘त्यो घर महाकविकी माइली छोरीको हकमा रहेको छ । अब पञ्चाकीर्तिबाट मोल तोक्ने र व्यावहारिक रूपमा अघि बढ्ने तयारी गरेका छौं ।


छिटोभन्दा छिटो सरकारले स्वामित्वमा लिएपछि संग्रहालय निर्माण प्रक्रिया अघि बढाइने छ ।’ त्यसनिम्ति जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, महानगरपालिकालगायत निकाय प्राविधिक पक्षको सुल्झाउने जनाइएको छ ।


महाकवि देवकोटाको मैतीदेवीस्थित तीनतले घर २०७२ वैशाखको भूकम्पले क्षति पुगेको छ । अब संग्रहालय बनाउनका निम्ति उक्त घर पूर्ण रूपमा भत्काएर नयाँ बनाउनुको विकल्प नरहेको उप्रेतीले जनाए । ‘सरकारले नापी नक्सा तयार गरेपछि अहिले रहेको घरको आकृतिमा अर्को घर बनाउनुपर्छ,’ उनले भने । उक्त संग्रहालय प्रज्ञा प्रतिष्ठानअन्तर्गत रहने छ ।

प्रकाशित : मंसिर २६, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?