पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

बसन्तप्रताप सिंह

बझाङ — बुङ्गल–६ झलकपुरका स्थानीय वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । हरेक वर्ष असोजदेखि असारसम्म झिसमिसे उज्यालो मै हतार हतार गाग्रो टिपेर गाउँदेखि झन्डै आधा घण्टा टाढा रहेको कुवामा पानी भर्न गाउँलेबीच प्रतिस्पर्धा नै चल्छ ।

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 
पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

बर्षात छिटो सुरु भयो भने असार मध्यतिर गाउँ नजिकैका मुहान रसाउन थाल्छन् । तीन महिना जति यो गाउँका मानिसहरूलाई खानेपानी गाउँ नजिकै उपलब्ध हुन्छ । जब बर्खा सकिन्छ । यहाँका मानिसहरूले ढुक्कले निदाउने दिन पनि सकिन्छ । 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

कुवामा पानी भर्नेको सङ्ख्या बढी भयो भने पानी सकिन्छ । अर्को गाग्रो पानी जम्मा हुन १५/२० मिनेट कुर्न पर्छ । ‘कहिले त बिहान ४ बजे कुवामा पुगे पनि ९/१० बजे तिर मात्र पानी भर्ने पालो आउँछ’ स्थानीय पुनी गुर्धामीले भनिन् । पानी लिएर फर्किदा ढिला भएको दिन खाना पकाउन ढिला हुन्छ । केटाकेटीको स्कुल पनि छुट्छ । पानी भर्नका लागि अधिकांश विद्यार्थीहरूको हप्तामा ३/४ दिन स्कुल छुट्ने गरेको पुनी बताउँछिन् ।  

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

पानीको अभावका कारण यहाँ सरसरफाईमा पनि समस्या छ । नुहाउन, लुगा धुनका लागि झन्डै एक घण्टा टाढाको खोलामा जानुपर्ने भएकोले समयमै सरसरफाई गर्न नपाइने गरेको अन्जना बोहराको भनाई छ । 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

खानेपानीको समस्याको बारेमा वर्षौँदेखि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको यहाँका स्थानीयको गुनासो छ । गाउँमा पानी सहजरुपमा उपलब्ध भइदिए आफूहरूले वर्षौँदेखिको दुखबाट मुक्ति पाउने उनीहरूको भनाई छ । 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

यहाँको खानेपानीको समस्या समाधानको लागि नगरपालिकाले प्रयास गरिरहेको बुङ्गल नगरपालिका ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका प्राविधिक शिव विष्टले बताए । उनले गाउँ भन्दामाथि मुहान नभएकाले खानेपानी योजना निर्माणमा समस्या भएको बताए । गाउँ भन्दा ४५ मिनेट तल रहेको मुहानको पानीलाई सोलार लिफ्टिङ्ग गरेर यहाँको समस्या समाधान गर्न पहल भइरहेको उनको भनाई छ । 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

पानी नपाएर स्कुल छुट्छ (फोटो फिचर) 

प्रकाशित : मंसिर २७, २०७५ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?