नेपालमा अब भारतीय १००को नोट मात्र वैध

काठमाडौँ — नेपालमा अब १ सय भारतीय रुपैयाँ मात्र चल्ने भएको छ । २००, ५०० र २००० सय चलाउन भारतले प्रतिबन्ध लगाएपछि सरकारले भारतीय १ सय रुपैयाँका भन्दा अन्य नोट नराख्न र नबोक्न आग्रह गरेको छ । 

नेपालमा अब भारतीय १००को नोट मात्र वैध

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय २००, ५०० र २००० को नोटहरू चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बिहीवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बताए । यसअघि नेपाली बजारमा २०० र ५०० का नोटको कारोबार हुन्थ्यो ।


सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण मिनाहा गरिदिएको छ । यसबाट करिब ७ हजार किसान लाभान्वित भएका छन् । त्यस्तो रकम सावाँ मात्र ३९ करोड ३९ लाख थियो । ब्याज करिब एक अर्ब रुपैयाँ छ ।


सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ । नेपाल कपडा उद्योग सङ्घले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


खानेपानी सम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

प्रकाशित : मंसिर २७, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?