कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेश सांसद घर्तीको निधन

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभामा बागलुङ–२ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा बिहीबार निधन भएको छ ।

प्रदेश सांसद घर्तीको निधन

जन्डिसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मङ्गलवार एअरएम्बुलेन्सबाट नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । लामो समयदेखि बिरामी परेका घर्ती मङ्सिर पहिलो साता गम्भीर भएपछि पोखराको फेवा सिटी अस्पतालमा चार दिनसम्म उपचार गरिएको थियो । तर सुधार नभएपछि मङ्सिर ८ मा काठमाडौँको ग्रान्डी अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि भारत पुर्‍याइएको थियो । उनको कलेजो प्रत्यारोपणको तयारी हुँदै थियो ।

घर्तीको शव गृह जिल्लामा ल्याइँदै गरेको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेता कृष्ण थापाले बताए । ‘बिहीबार दिउँसो १ बजेतिर उहाँको निधन भयो’, थापाले भने, ‘शव ल्याउने काम भइरहेको छ । यहाँको अन्तिम संस्कार गर्ने बारे छलफलमा छौँ ।’ घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढोरपाटन नगरपालिकाको अधिकारीचौर घर भएका घर्तीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।


प्रकाशित : मंसिर २७, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?