२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

[अपडेट] जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा बिहीबार राति भएको जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । चार जना घाइते भएका छन् । 

[अपडेट] जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

तानसेनबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जाँदै गरेको जिप दुर्घटनामा परी चालक बहादुरपुरका २० वर्षीय बीरेन्द्र राना, तीन दिनकी सुत्केरी सोही गाउँकी २४ वर्षीया कुनीसरा रुचाल, ४० वर्षीया बोमाकुमारी दर्लामी, ७१ वर्षीय रेवतबहादुर जीसी र ३२ वर्षीया यानीसरा गाहा रहेको प्रहरीले जनाएको छ ।


तानसेनबाट सुत्केरी लिएर बहादुरपुर जाँदै गर्दा लु १ ज २६५३ नम्बरको जिप दुर्घटना हुँदा तीन दिन र तीन वर्षीय बालक सकुसल रहेको जल्पाका वडाध्यक्ष निरबहादुर सारुले बताए । जल्पाको आर्गिडाँडा ओढारे भीरमा दुर्घटनाग्रस्त जिप सडकबाट झण्डै ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाका घाइते ४ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । रातिको समय र अप्ठेरो भिरमा जिप खसेकाले उद्दारमा कठिनाई भएको थियो । दुर्घटनास्थल तानसेनबाट ५७ किलोमिटर टाढा पर्छ ।

प्रकाशित : मंसिर २७, २०७५ २३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?