संसदीय समितिले कार्यक्षेत्र नाघेर छलफल गरेको समाचार सम्प्रेषित भएपछि पत्रकारलाई बैठक प्रवेशमा रोक

मकर श्रेष्ठ

काठमाडौँ — संसदको राज्य व्यवस्था समितिमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषयमा निर्णय गर्न छलफल चलिरहँदा पत्रकारहरुको प्रवेशमा रोक लगाएको छ ।

संसदीय समितिले कार्यक्षेत्र नाघेर छलफल गरेको समाचार सम्प्रेषित भएपछि पत्रकारलाई बैठक प्रवेशमा रोक

बिहीबारको बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र समिति सदस्यहरुले फास्टट्र्याकको विषयमा समितिले कार्यक्षेत्र मिचेको भन्ने समाचार बाहिर आएपछि समितिले आजको बैठकलाई आन्तरिक भन्दै पत्रकारलाई प्रवेश निषेध गरेको हो ।


शुक्रबार बिहाना साढे ११ बजे सुरु भएको समितिको बैठकमा फास्टट्र्याकबारे छलफल भइरहेको छ ।


यो पनि पढ्नुहोस् : राज्य व्यवस्था समितिमा कार्यक्षेत्रबाहिर छलफल


फास्टट्र्याक संसदको विकास समिति अन्तरगत पर्दछ । फास्टट्र्याकको प्रगती हेर्न विकास समितिका सदस्यहरु पुष २ गते स्थलगत निरिक्षण गर्न निजगढसम्म जाँदै छन् ।



प्रकाशित : मंसिर २८, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?