कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिनी ट्रक दुर्घटना : मृतक २० जनाकै सनाखत, १५ घाइतेकाे काठमाडाैंमा उपचार हुँदै

कृष्ण थापा

नुवाकोट — दुप्चेश्वरगाउँपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा मिनी ट्रक दुर्घटना हुँदा १९ जनाकाे घटनास्थलमै र १ जनाकाे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएकाे छ । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । 

मिनी ट्रक दुर्घटना : मृतक २० जनाकै सनाखत, १५ घाइतेकाे काठमाडाैंमा उपचार हुँदै

मृत्यु हुनेहरुमा अधिकांश दुप्चेश्वर गाँउपालिका–१ का छन् । सिम्टाङबाट यात्रु लिएर शिशिपुतर्फ जाँदै गरेकाे बा३ख ३९१३ नम्बरको मिनीट्रक शुक्रबार सडकबाट ६ सय मिटर तल तादी खाेलामा खसेकाे हाे ।

दुर्घटनाका घाइते मध्ये ५ जनाको वीपी स्मृति अस्पताल र १० जनाकाे शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

शवकाे शनिबार बिहान घटनास्थलमै पोष्टर्माटम गरिएकाे छ । मिनी ट्रक चालक फरार छन् ।

दुर्घटनाका मृतकहरु :

१. केनामा तामाङ वर्ष ४८

२. आइत तामाङ वर्ष ३५

३. रिभल तामाङ वर्ष ३२

४.मंगले तामाङ वर्ष २३

५. सेलबोन तामाङ वर्ष ५५

६.समसुङ तामाङ वर्ष ६५

७. रितेश पण्डित वर्ष १७ (वडा ७ शिखरबेसीका)

८. टक्कले तामाङ वर्ष ५५

९.वीवीमाया तामाङ वर्ष २७

१०. सिता तामाङ वर्ष १५

११. मिङमार तामाङ वर्ष ४३

१२. भीमबहादुर तामाङ वर्ष २०

१३. छोङसेनाङ तामाङ वर्ष ३५

१४. लक्ष्मण तामाङ वर्ष ३४

१५.सुनसारी तामाङ वर्ष ३६

१६. बीरबहादुर लामा वर्ष ४६

१७. कृष्णबहादुर तामाङ वर्ष २०

१८. मिनबहादुर तामाङ वर्ष ४९

१९. सुनी लामा वर्ष ५०

२०. सुकराम तामाङ वर्ष २४ (उपचारकाक्रममा)


घाइतेहरुको नामावली –

१. छिरिङ तामाङ वर्ष २२

२. रामबहादुर तामाङ वर्ष ४०

३. रामबहादुर तामाङ वर्ष १७

४. साहिला तामाङ वर्ष ३६

५. सिरमेन्दो तामाङ वर्ष २३

६. सावित्री तामाङ (उमेर नखुलेका)

७. मसिनो तामाङ वर्ष ४५

८. मोहिजित तामाङ वर्ष ३८

९. बीरबहादुर तामाङ वर्ष ४९

१०. लक्ष्मण तामाङ वर्ष १८

११. चन्द्रबहादुर तामाङ वर्ष ३३

१२. शुकराम तामाङ वर्ष २६

१३. रामभक्त थापा (सहचालक वर्ष नखुलेको)

१४. मानबहादुर तामाङ (उमेर नखुलेको)

१५. बिबी तामाङको ९ महिने छोरी



..............

दुप्चेश्वरगाउँपालिका–१ घ्याङफेदीको घ्यावारडाँडाको भीरमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

मृतक ३ जना बाहेक अरुको नाम खुलेको छैन । मृत्यु हुनेमा घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरबेसीका रितेश पण्डित भएको दुप्चेश्वरगाउँपालिका प्रमुख योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् ।


उद्धार गरी उपचारको लागि राति पठाएका एकजनाको बाटोमा ज्यान गएको र एक जनाको शिक्षण अस्पताल पुऱ्याउँदै गर्दा मृत्यु भएको गाउँपालिका प्रमुख तामाङले जानकारी दिए ।


शुक्रबार साँझ दुप्चेश्वर गाउँपालिका–७ सिम्टाङबाट वडा नम्बर १ शिशिपुतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सिम्टाङमा घेवा(काजक्रिया) सकेर घर फर्किने क्रममा मिनी ट्रक व्याक आउँदा खस्न गई दुर्घटना भएको स्थानीयले जनाएका छन् ।


दुर्घटनास्थल सदरमुकाम विदुरदेखि ४० किमी पूर्वोत्तर क्षेत्रमा पर्छ । घटनास्थलमा उद्धारका लागि समुन्द्रटार प्रहरी चौकी, खरानीटार ईलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालयका प्रहरीहरु, सेनाको श्रीनाथ गण, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउपालिकाका पदाधिकारी परिचालित भएका छन् ।


रात परेको र दुर्घटनास्थल भीरमा भएकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । रात परेकाले घाइते र शव खोजी गर्न टर्च र उज्यालो बालेर स्थानीयवासी, सुरक्षा निकाय, गाँउपालिकाका पदाधिकारी रातभर लागि परेका थिए ।


उक्त मिनी ट्रक ६ सय मिटर तल तादी खोलामा खसेको थियो । गाडीमा सवार ४० जना भन्दा बढी यात्रु रहेको प्रहरीले जनाएको छ । भीरमा अझै खोजी जारी छ ।

..............

दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले जानकारी दिए । अन्यको सनाखत भइसकेको छैन ।

शुक्रबार साँझ सोही वडाको सिम्टाङबाट सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया) मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो । घाइते ७ जना घाइतेलाई उपचारको लागि काठमाडौ पठाइएको छ भने ९ जनाको उद्धार हुँदैछ ।

..............

दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ज्ञानलाल यादवले जानकारी दिए ।

मृतकको सनाखत भएको छैन । उद्धारका लागि जिल्लाबाट प्रहरी टोली आइरहेको इलाका प्रहरी कार्यालय समुद्रटारका इञ्चार्जसमेत रहेका यादवले बताए ।


३९१३ नम्बरको ट्रक सडकबाट करिब एक हजार मिटर तल नदीमा खसेको छ । गाडी सिम्टाङबाट सिसिपु जाँदै गर्दा दुर्घनामा परेको हो ।


प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्तबहादुरले कान्तिपुरसित भने, 'दुर्घटनामा व्यापक मानवीय क्षति भएको र अहिलेसम्म ४/५ जनाको शव भेटिइसकेको छ ।' शिखरबेंसीबाट सिसिकु जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो ।


स्थानीयका अनुसार ट्रकमा ४०/४५ सवार थिए ।

प्रकाशित : मंसिर २८, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?