२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सप्तरीको बभनगामामा आगलागी, ७ परिवारका १३ घर जले

४० लाख रुपैयाँ बराबरको क्षति
अवधेशकुमार झा

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित बभनगामामा शुक्रबार साँझ आगलागी हुँदा ७ परिवारका १३ वटा घर जलेरको छ । आगलागीबाट ४० लाख रुपैयाँबरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा केही पशुसमेत परेको छ ।

सप्तरीको बभनगामामा आगलागी, ७ परिवारका १३ घर जले

तिलाठी कोइलाडी ७ का बिन्देश्वर साफीको घरबाट अचानक सल्केको आगोले उनको तीनवटा घरसहित छिमेकीहरु सिकी साफी, प्रसाद साफी, प्रयाग साफी र हनुमानी रजकको दुई–दुईवटा घर जलेर नष्ट भएको छ । यस्तै मजे साफी र छोटे साफीको एक–एकवटा घर जलेर नष्ट भएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । आगलागीमा बिन्देश्वर यादवको घरमा रहेको एकलाख रुपैयाँसमेत जलेर नष्ट भएको छ । बैदेशिक रोजगारीमा रहेका छोराले केही दिन अघि घर बनाउन उक्त पैसा पठाएका थिए ।


यस्तै आगलागीमा गरगहना, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जल्दा ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । धान भित्र्याउन परिवारका सबै सदस्य खेतमा रहेका बेला आगलागी हुँदा घरका कुनै पनि सरसामान पीडितहरुले निकाल्न पाएनन् । राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा २ घण्टापछि मात्र आगो निभाइएको थियो ।

प्रकाशित : मंसिर २८, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?