कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

समाचारमा आज : आगलागीमा तीन बालबालिकाको मृत्युदेखि विमान यात्रुको बिमा ८ गुणा बढेकोसम्म

काठमाडौँ — वैदेशिक रोजगारीमा जाने युवाहरूको कथा व्यथा भनी साध्य छैन । बिहीबार राती साउदी अरबमा सवारी चालकको काम गर्न गएका बुद्ध शान्ति गाउँपालिका ४ झापाका प्रशान्त लिम्बु ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर स्वदेश फिरे ।

समाचारमा आज : आगलागीमा तीन बालबालिकाको मृत्युदेखि विमान यात्रुको बिमा ८ गुणा बढेकोसम्म

आगलागीमा तीन बालबालिकाको मृत्यु : सावधानी अपनाउन सकिएन भने हाम्रो दैनिक प्रयोगमा आउने बस्तुले कति ठुलो क्षति पुर्‍याउन सक्छ भन्ने कुराको उदाहरण दाङमा देखिएको छ । साना बालबालिकाहरू मात्र घरमा छाडेर बाबुआमा बाहिर निस्केको बेला सोलारको ब्याट्री पड्किएर त्यहाँ तीन बालबालिकाको मृत्यु भएको छ । थप.....

फेरी हिन्दु राष्ट्रकै रटान : बेला बेला सेलाउने र जुर्मुराउने गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा तातिन थालेका छन् । शुक्रवार उनले हिन्दु राष्ट्र पुनस्थापनाकालागि देशभर जनसङ्घर्ष गर्ने बताए । चुनावका बेला हिन्दु राष्ट्रलाई चुनावी नारा बनाए पनि पार्टीले चुनावमा सर्मनाक हार व्यहोरेपछि थापा चुपचाप थिए । थप......

पत्रकारलाई फेरी रोकटोक : संसद्को राज्य व्यवस्था समितिले बैठकमा फेरी पत्रकारलाई प्रवेश निषेध गरेको छ । शुक्रवार कान्तिपुरमा समितिले आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको विषयमा छलफल चलाएको समाचार प्रकाशन गरेपछि समितिले पत्रकारलाई बैठकस्थल प्रवेशमा रोक लगाएको हो । यसअघि पनि समितिले बेला बेला पत्रकारलाई रोक लगाउने गरेको थियो । संसद्कै अन्य समितिमा भने यस प्रकारको रोक छैन । थप.....


विना सित्तै ३६ लाख बुझाउनु पर्‍यो : उनले चलाएको गाडीमा ठोकिँदा एक साउदी नागरिकको मृत्यु भएको थियो । अदालतले लिम्बुलाई ७५ प्रतिशत ब्लडमनि तिर्न आदेश दियो । कम्पनीले गाडीको तेस्रो पक्ष बिमा नगरिदिँदा विना सित्तै उनले रकम मात्र तिर्नु परेन, लामै समय थुनामासमेत बस्नु पर्‍यो । थप.....

हवाई यात्रुको बिमा ८ गुणा बढ्यो : नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रीले दुर्घटनामा ज्यान गुमाएमा अब १ करोड ७९ लाख रुपैयाँ बिमाबापत क्षतिपूर्ति पाउने छन् । यसअघिको क्षतिपूर्ति रकमको तुलनामा यो ८ गुनाले बढी हो । थप......

प्रकाशित : मंसिर २८, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?