कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गेसोद्वारा नागरिकता निरन्तरताको माग

काठमाडौँ — गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिक र तिनका सन्ततीहरुको नेपाली नागरिकता निरन्तरता दिन माग गरेको छ । 

गेसोद्वारा नागरिकता निरन्तरताको माग

संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई शुक्रबार माग पत्र बुझाउँदै गेसोले नेपाली नागरिकताको विषयमा बेग्लै व्यवस्था गर्न पहल र निर्देश गरिदिन माग गरेको हो । सरकारस्तरीय सम्झौता र सन्धिकै कारण बेलायत र हङकङमा रहेका गोरखा सैनिक र तिनका परिवारहरुले स्थायी आवासीय अनुमतिपत्र लिएको दाबी गेसोको छ ।


इतिहासमा सरकारले गरेको सम्झौता वा गल्तीको सिकार गोर्खालीलाई बनाइनु बिडम्बनापूर्ण भन्दै गेसोले आफूहरुलाई गैरआवासीय नेपालीसँग पनि तुलना नगर्न आग्रह गरेको छ ।


माग पत्र लिएपछि समिति सभापति श्रेष्ठले गोरखाहरुको मागको सम्बन्धमा समिति र संसदमा छलफल गर्ने आश्वासन दिइन् । गोरखा सैनिकहरुका माग जायज रहेको उल्लेख गर्दै सभापति श्रेष्ठले समस्या सम्बोधनका लागि समिति लाग्ने प्रतिबद्धता जनाइन् ।


समिति सभापति श्रेष्ठ भेट्न गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा टोली गएको थियो ।


प्रकाशित : मंसिर २८, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?