२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

संघीयतालाई सफल बनाउनुपर्नेमा जोड

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता नयाँ अभ्यास भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने दायित्व सबैको भएको बताएका छन् ।

संघीयतालाई सफल बनाउनुपर्नेमा जोड

प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयले शनिबार चितवनको सौराहामा आयोजना गरेको अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिए । ‘अमेरिकामा अढाई सय वर्षदेखि संघीयता भए पनि त्यहाँ समस्या छन्,’ सभामुख महराले भने, ‘समस्याहरुसाग जुध्दै जाँदा परिपक्व हुन्छ ।’


सभामुख महराले संसद सबै विचार र भावनाको अभिव्यक्त गर्ने थलो भएकाले संघीय संसद र प्रदेश सभाबीच साझा फोरम निर्माण गरेर नियमित अन्तक्र्रिया र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाले साझा अधिकारका सूचीबारे आगामी हिउादे अधिवेशनबाट छलफल हुने बताउादै त्यसपछि प्रदेश सभालाई कानुन बनाउन सहज हुने विश्वास व्यक्त गरे ।


उनले सरकारले बिजनेस नदिएसम्म प्रदेश सभा कामविहीन हुने उल्लेख गर्दै तर प्रदेश सभाले काम गरेन भनेर गलत प्रचार हुने गरेको बताए । उनले प्रदेश सभामा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बताउादै ती समस्यालाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले नयाा संविधान कार्यान्वयनका लागि अन्तर प्रदेश सभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गरिन् । ‘संसदीय अभ्यासालई प्रक्रियामा लैजान चुनौती छन्,’ उनले भनिन्, ‘संसदीय अभ्यासलाई उचाईमा पुर्‍याउन एउटा इाटाको काम गर्नेछ ।’ राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघीय संसद र प्रदेश सभाका समस्या साझा रहेको बताउादै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादा क्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिएका छन् । प्रदेश सभाका सभामुख–उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरबन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाँदा समन्वय अभाव रहेको बताए ।


उनीहरुले संसदमा काम गर्ने कर्मचारीले अतिरिक्त समयको सुविधा नभएको, कर्मचारी प्रदेश सभामा काम गर्न इच्छुक नरहेको लगायतका अनुभव राखे । उपसभामुखहरुले भने आफूहरुको मर्यादाक्रम सच्याउनुपर्ने, भूमिका बढाउनुपर्नेमा जोड दिएका थिए ।


संघ र प्रदेश सभाका कानुन निर्माणको अवस्था, समस्याहरु, भौतिक पूर्वाधारसहित आन्तरिक व्यवस्थापन लगायतका विषयमा अनुभव आदान प्रदान गर्न कार्यक्रम गरिएको हो ।


संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरीमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तरक्रिया भएको थियो ।

प्रकाशित : मंसिर २९, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?