३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताएका छन् ।

वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिए । उनले भने, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।” उनले नयाँनयाँ राजमार्ग निर्माण पनि थालनी गरिएको भन्दै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ/असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताए ।


सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै उनले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गरे । मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै उनले भने, “कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।”


आफूहरूले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पुरानो कानुनका कारण बसहरू कम्पनीमा आउन नसकेको गुनासो गरे ।


प्रकाशित : मंसिर २९, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?