कांग्रेस रुन्चे भएर हुँदैन : उपसभापति निधि

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले अब पार्टी एकढिक्का हुनुको विकल्प नभएको बताएका छन् । काठमाडौंमा शनिबार सुरु भएको महासमिति बैठकमा सम्बोधन गर्दै निधिले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको चाहनाअनुरुप कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

कांग्रेस रुन्चे भएर हुँदैन : उपसभापति निधि

पार्टीपंतिलाई बनाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एकताको खाँचो रहेको भन्दै उपसभापति निधिले प्रतिपक्षीको भूमिका निर्वाह गर्नसमेत नसकिरहेको कांग्रेसलाई अर्को चुनाव जित्नुपर्ने चुनौती रहेको बताए । उनले भने, 'कांग्रेस रुन्चे भएर हुँदैन, दोषारोपण, घोचपेच गर्न हुँदैन । अबको चुनावमा कसरी जित्ने भनेर लाग्नुपर्छ ।'


कांग्रेस धेरै पटक हारेको स्मरण गर्दै निधिले आगामी चुनावमा व्यक्ति पहिलो नभइ पार्टी पहिलो बनाउने अभियानमा लाग्नुपर्ने बताए । हारको पीडाबाट मुक्त भएर महासमिति बैठकबाट फर्कन उनले आग्रह गरे ।


अर्का उपसभापति विजयकुमार गच्छदारले एकपटक चुनाव हार्दैमा कांग्रेसको इतिहास नसकिने बताए । उनले पनि शीर्ष नेता देउवा र पौडेललाई विवाद नगर्न आग्रह गरे । पार्टीभित्रको मनमुटावलाइृ हटाउँदै कांग्रेसलाई अर्को चुनावबाट पुन: सत्तामा पुर्‍याउनुपर्नेमा जोड दिए ।


प्रकाशित : मंसिर २९, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?