कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कांग्रेस नेता पौडेलको टिप्पणी, 'सरकारको काम गर्ने ढंगै छैन'

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको काम गर्ने ढंगै नभएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार सुरु भएको महासमिति बैठकमा धारणा राख्दै नेता पौडेलेले काम गर्न नदिएको आरोप कांग्रेसलाई लगाएर सरकार जिम्मेवारीबाट उम्कन खोजेको आरोप लगाए ।

कांग्रेस नेता पौडेलको टिप्पणी, 'सरकारको काम गर्ने ढंगै छैन'

उनले भने, 'सरकार विपक्षीले काम गर्न दिएन भन्छ, यो आफू नाच्न जान्दैन, आँगन टेढो भनेजस्तै हो ।'


कम्युनिस्टको हातमा गएको सत्ता देशमा विकास र समृद्धि ल्याउनतिर नभई नयाँ वर्ग जन्माउनेतिर गइरहेको बताए । उनले सरकार राष्ट्रको सारा साधन स्रोत आफ्नो पार्टी र नेता, कार्यकर्ताको बनाउनतिर लागेको आरोप लगाए ।


केपी ओली नेतृत्वको सरकारले 'समृद्ध नेपाल, सुखी नेपाल' नारा तय गरे पनि त्यसतर्फ जान नसकेको पौडेलको भनाइ थियो । उनले ओली सरकारले देशमा समृद्धि ल्याउन नसक्ने दाबी गर्दै समृद्धिको यात्रा कांग्रेसले मात्रै पूरा गर्ने बताए । कांग्रेससँग मात्रै देश बनाउने सोच, योजना र अठोट रहेको भन्दै कांग्रेस एक भएमात्रै सफल हुने बताए । बैठकै नबसी गफ गरेर समय बताइरहेको कांग्रेस अब कर्मशील बन्नुपर्ने पौडेलको भनाइ थियो ।


गुटबन्दीले कांग्रेसलाई नोक्सान पारेको भन्दै आफू गुटबन्दीको पक्षमा नरहेको बताए । उनले नेतृत्वमा सबैलाई मिलाएर न्याय दिने र पार्टीलाई अगाडि लाने अठोट चाहिने बताए ।

प्रकाशित : मंसिर २९, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?